Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

महावीर पुनलाई रवि लामिछानेले भनेः हाम्रा २१ सांसद तपाईंसँग छन्

महावीर पुनलाई रवि लामिछानेले भनेः हाम्रा २१ सांसद तपाईंसँग छन्

images

इच्छाकामना न्युज

१६, बैशाख २०८०
महावीर पुनलाई रवि लामिछानेले भनेः हाम्रा २१ सांसद तपाईंसँग छन्
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। शनिबार पुनको आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका लामिछानेले आफ्ना २१ जना सांसद पुनको पक्षमा रहेको बताए। हाम्रा २१ जना सांसद तपाईंसँग छन्, मैले आज यही उपस्थितिमा ऐक्यवद्धता जनाउँछौँ, उनले भने।

अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी पुन शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा छन्। उनले राति माइतीघर मण्डलमै बिताएका थिए। पुनको दुई दिने धर्नालाई समर्थन गर्दै लामिछानेले राज्यले गर्नुपर्ने काम पुन एक्लैले गरिरहेको बताए। अन्तर्राष्ट्रिय स्तरमा पनि छवि बनाएका पुन सडकमा सुत्नपर्ने व्यक्ति नभएको भन्दै उनले यथाशीघ्र पुनसँग सरकारले वार्ता गर्नुपर्ने भनाइ राखे।

सडक र सदनबाट आफ्ना सबै सांसदहरू पुनको पक्षमा रहेको लामिछानेले दोहोर्‍याएका थिए।

images
प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - २०:३९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology