Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ

इच्छाकामना न्युज

१६, बैशाख २०८०
श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ

बुटवल । श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले रुपन्देहीको हालको सैनामैना नगरपालिका दुधराक्षका गोपाल दर्जी भन्ने खुमे दर्जीलाई पक्राउ गरेको हो।

images
उनले मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुदाँ २०६१ मंसिर २४ गते चिर्पटले हानेर ४० वर्षीया राधिका दर्जीको हत्या गरेका थिए। राधिका दर्जीकी तेस्री श्रीमती थिइन्।

तत्पश्चात फरार रही भारतको दिल्लीमा ३ वर्ष काम गरेर फर्केका उनी परिचय लुकाएर दीपक रानाको नामबाट काठमाडौं १७ क्षेत्रपाटी ढल्कुमा जमुना दर्जीसँग चौथो विवाह गरी बसेका थिए।

लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा गत चैत १३ मा पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा बुझाइएको सिआइबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाले बताए। ५८ वर्षीय दर्जीलाई शुक्रबार बुटवल ल्याइएको हो।

images
प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - ०९:१२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology