Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोविन्द भट्टराईले दिए स्वर्णिम वाग्लेलाई बधाई, भने- सहयोग गर्न तयार छु

गोविन्द भट्टराईले दिए स्वर्णिम वाग्लेलाई बधाई, भने- सहयोग गर्न तयार छु

इच्छाकामना न्युज

१२, बैशाख २०८०
गोविन्द भट्टराईले दिए स्वर्णिम वाग्लेलाई बधाई, भने- सहयोग गर्न तयार छु
images

तनहुँ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्।

images
images

वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए।

वाग्ले निर्वाचित भएपछि भट्टराईले बधाई दिएका छन्।

‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई। चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो,’ उनले भने, ‘र, संयोगले तपाईं निर्वाचित हुनुभयो। मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाइँले सक्नुभयो।’

भट्टराईले पदको सपना नदेखे पनि आफूले तनहुँ १ को विकासमा निरन्तर खटेको पनि बताएका छन्।

‘तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ। मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु,’ उनले भने, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।’

मतदाताका अति ठूलो अपेक्षा र भरोसा रहेकाले पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न पनि उनले वाग्लेलाई आग्रह गरेका छन्।

images
प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - ०८:११:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology