Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कवि माया गुरुङका एकैपटक दुई कृति लोकार्पण

कवि माया गुरुङका एकैपटक दुई कृति लोकार्पण

इच्छाकामना न्युज

११, बैशाख २०८०
कवि माया गुरुङका एकैपटक दुई कृति लोकार्पण
images

काठमाडौं । कवि माया गुरुङका दुई कविता संग्रह एकैपटक लोकार्पण गरिएको छ । विश्व पुस्तक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच कवि गुरुङका ‘ऐना’ र ‘बाका जुत्ता’ कविता संग्रह लोकार्पण गरिएको हो ।

images
images

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा भएको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि लगायत अतिथिहरुले सामूहिक रुपमा लोकार्पण गरिएको थियो ।

maya-gurung-400x220.jpg

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङ, इतिहासविद डा. सुरेन्द्र केसी, गुरुङ भाषा शब्दकोषका लेखक रत्नबहादुर गुरुङ, नेपाल मुक्तक समाजका अध्यक्ष रामकाजी कोने, नेपाली स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली लगायतले कृतिका बारेमा धारणा राखेका थिए ।

अनेसास बेलायत च्याप्टरकाका निवर्तमान अध्यक्ष सुमल कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत चर्चित लोक गायिका शर्मिला गुरुङ र अनेसास बेलायत च्याप्टरका सदस्य सारा गुरुङले गरेका थिए ।

कार्यक्रममा साहित्यिक व्यक्तित्वहरु, लेखक, पत्रकार, बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति थियो ।

images
प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - ११:१९:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology