Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकाद्वारा एसईई दिएका विद्यार्थीहरुलाई कम्प्युटर तालिम सुरु

गोरखाको गण्डकी गाउँपालिकाद्वारा एसईई दिएका विद्यार्थीहरुलाई कम्प्युटर तालिम सुरु

इच्छाकामना न्युज

८, बैशाख २०८०
गोरखाको गण्डकी गाउँपालिकाद्वारा एसईई दिएका विद्यार्थीहरुलाई कम्प्युटर तालिम सुरु
images

भुम्लिचोक । गण्डकी गाउँपालिकाले हालै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएका विद्यार्थीहरुलाई दुई महिने आधारभूत कम्प्युटर तालिम दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विहिबार ज्ञानमार्ग माविबाट दुईमहिने कम्प्युटर तालिमको शुभारम्भ गरेका हुन् ।

images
images

शिक्षालाई प्रविधिमैत्री बनाउनका साथै भर्खर एसईई दिएका विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नका लागि निशुल्क कम्प्युटर तालिम दिन लागेको पालिकाका शिक्षा शाखाका प्रमुख सुदिप पन्थले बताए ।

उक्त तालिममा पालिका भित्रका रहेका आठ वटा माविका विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमा नै कम्प्युटर तालिम दिइने उनले बताए । उक्त तालिममा प्रत्येक विद्यालयबाट २० जना विद्यार्थी सहभागी हुनेछन् । तालिमपछि उनीहरुलाई प्रमाणपत्र दिइने उनले बताए । कम्प्युटर शिक्षकलाई भने पालिकाले तलब दिने उनको भनाइ छ ।

दश कक्षा उतीर्ण गरेपछि विद्यार्थीहरु बजार क्षेत्र लगायतका ठाउँमा महङ्गो शुल्क तिरेर कम्प्युटर सिक्न जानुपर्ने बाध्यत रहेकाले विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञानको विकास गर्न र पालिका भित्रका माविमा संघीय सरकारबाट अनुदानमा प्राप्त भएको कम्प्युटरको सही सदुपयोग होस भन्ने उद्देश्यले पनि तालिम संचालन गरिएको उनले बताए ।

कार्यक्रममा पालिकाका अध्यक्ष तिमिल्सिना, पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, वडा नं ७ र ८ का वडा अध्यक्षहरु तुलसी रेग्मी र कोकिल बहादुर पुलामी मगर, शिक्षा शाखाका प्रमुख पन्थ, आठ वटा माविका प्रधानाध्यापक, कम्प्युटर शिक्षा, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०८:५३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology