Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कान्छा राजनीतिक दलको भ्रममा नपरौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

कान्छा राजनीतिक दलको भ्रममा नपरौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

इच्छाकामना न्युज

२९, चैत्र २०७९
कान्छा राजनीतिक दलको भ्रममा नपरौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
images

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्छा राजनीतिक दलको भ्रममा नपर्न चितवनका मतदातालाई आग्रह गरेका छन् ।

images
images

राप्रपा जिल्ला कार्यसमिति चितवनको आयोजनामा आज (बुधबार) भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘कहिलेकाहीँ बजारमा राम्रो वस्तु खोज्न जादा नक्कलीको फेला परिन्छ । त्यसको पछि लाग्दा समय पनि खेर जान्छ, पैसा पनि जान्छ । तपाइँहरुले यी कान्छा राजनीतिक दलहरुको फूर्तीफार्ती देखेर यी फरक हुन् भन्ने ठान्नुहोला, भ्रममा पर्न अनुरोध गर्दछु । नत्र चितवन क्षेत्र नम्बर २ का जनता तावाबाट उम्केर भुङ्ग्रोेमा पर्छन् ।’

उपनिर्वाचनले संसदको अंक गणितमा कुनै फरक नपार्नेमा लिङ्देलले जोड दिए । ‘यो चुनाव त्यसै हुँदैन, खर्च चाहिन्छ । यसलाई हाम्रो जस्तो सानो देशको अर्थतन्त्रले धान्न सक्दैन । आवधिक निर्वाचन नभएर यस प्रकारको उपनिर्वाचनहरु हुन थाल्यो भने देश संकटमा जान सक्छ । साथै हुन लागेको उपनिर्वाचनमा जुनसुकै दलले जिते पनि संसदको अंक गणितमा केही फरक पर्दैन’, उनले भने ।

यस्तै लिङ्देनले राजनीतिक नियुक्तिमा चल्ने अदालत र अख्तियारले न्याय दिन नसक्नेमा जोड दिए । उनले भने, ‘अदालतमा न्यायाधीशको नियुक्ति कसरी हुन्छ तपाइँलाई थाहा छ ? दलीय भागबन्डाको आधारमा हुन्छ । सरकारमा हुने दलका सबैभन्दा धेरै न्यायाधीश हुन्छन् जो मुख्य मुख्य पदमा रहन्छन् । राजनीतिक आधारमा जब न्यायाधीश नियुक्ति हुन्छ त्यो न्यायलयबाट तपाइँले कस्तो न्याय पाउनु हुन्छ ?’

आफ्नो आदेश अनुसार चल्ने प्रधानन्यायाधीश नहुँदा न्यायालय कामुमा चलिरहेकोमा उनले ध्यानाकर्षण गराए । ‘केही समय अगाडि एउटा न्यायाधीशले सरकारसँग टक्कर गर्न खोज्यो महाअभियोग लगायो । अहिले कामु प्रधानन्यायाधीशले न्यायालय सम्हालिरहेका छन् । कामु भएको यत्रो समयमा पनि उनी प्रधानन्याधीश बन्न सकेका छैनन् । यस्तो हुनुमा कामु प्रधान्यायाधीश बन्यो भने मेरो स्वार्थपूर्ण हुन्छ कि हुदैन । मेरो भनाइअनुसार काम हुन्छ कि हँुदैन भन्ने टुङ्गो लाग्दैन । अख्तियारमा पनि यसरी नै नियुक्ति हुन्छ । जतिसुकै राम्रो र बलियो भनेको मान्छे त्यहाँ पठाए पनि त्यो भागबन्डाको आधारमा गएको मान्छेले आफूलाई नियुक्ति गर्ने मान्छेलाई कारबाही गर्न सक्दैन । जसले प्रध्यानन्याधीश हुनपर्ने मान्छे कामुमै बिदा हुनुपर्ने अवस्था छ’, उनले गुनासो गरे । साथै राष्ट्रपतिलाई सपथ ग्रहण गराउन समेत कामु प्रधानन्याधीशले खुवाउनु परेकोमा लिङ्देनले दुःख व्यक्त गरे ।

सरकारले राष्ट्र बैंकमा विदेशी विनिमय छ भनेर गर्व गरिरहेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘अहिले बढी गर्वका साथ प्रधानमन्त्री र यो सरकारका मान्छेहरु राष्ट्र बैँकमा विदेशी बिनिमय छ भन्छन् । एक वर्षसम्म चिन्ता गर्नुपर्दैन भन्छन् । त्यो पैसाको थुप्रो आयातामा रोक लगाएर भएको हो । अर्कोतर्फ हाम्रा युवाहरुले रगत पसिना गरेर पठाएको पैसा हो । आज देश युवा बेचेर चलाउनुपर्ने अवस्था छ । त्यसमा अढाइ लाखभन्दा बढी त दिदीबहिनीको संख्या छ । साथै यत्रो ठूलो जनप्रतिनिधिको संख्या देशले पाल्न सक्दैन । पाल्ने हो भने आजभोलि ढिलो चाडो देशले घुँडा टेक्छ ।’ यी तमाम समस्याको समाधानको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको उनको दाबी थियो ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २०:०१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology