Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चुनावी कमाण्डर सांसद भण्डारी आक्रमण रुपमा चुनावी प्रचारमा

चुनावी कमाण्डर सांसद भण्डारी आक्रमण रुपमा चुनावी प्रचारमा

इच्छाकामना न्युज

२७, चैत्र २०७९
चुनावी कमाण्डर सांसद भण्डारी आक्रमण रुपमा चुनावी प्रचारमा
images

दमौली । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको चुनावी कमाण्डर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी आक्रात्मक रुपले चुनाव प्रचार प्रसारमा जुट्नु भएको छ  । सोमबार सङ्घीय संसदको बैठक चल्ने भएपनि त्यसलाई थाति राखेर भण्डारी आक्रमक रुपमा चुनावी प्रचारमा जुट्नु भएको हो ।

images
images

भण्डारीले व्यास नगरपालिका वडा नम्बर १० को वैरेनीबाट सुरु भएको प्रचार अभियान एकै दिनमा एक दर्जन स्थानमा मतदाता भेटघाट गर्नु भएको छ । व्यास पछि भानु नगरपालिकाको विभिन्न स्थानमा मतदाता भेटघाट गरिएको हो ।  राष्ट्रपतिको जिल्लाको गरिमा कायम राख्न र तनहुँको विकासलाई गतिशिल बनाउन गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्ने बताउनुभयो ।

केन्द्रमा गठबन्धनकै सरकार रहेको र उच्च हैसियतको उम्मेदवार भएकोले जितेपछि मन्त्री बन्ने सम्भावना रहेकोले तनहुँमा विकासको मुल फुटाउन भट्टराईलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

भण्डारीसँग नेपाली कांग्रेस तनहुँका सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, महासमिति सदस्य प्रा.डा.कृष्णप्रसाद गौतम, महाधिवेश प्रतिनिधी सरिता गुरुङ, जिल्ला सचिव सहदेव अधिकारी, सदस्य डम्बर अधिकारी लगायतले भट्टराई त्यागी, स्वच्छ छवि भएको र बौद्धिक नेता भएकोले भोट हालेर जिताउन एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २३:५६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology