Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पौडेललाई जिताएर राष्ट्रपति बनायौं, भट्टराईलाई जिताएर मन्त्री बनाऔंः सांसद भण्डारी

पौडेललाई जिताएर राष्ट्रपति बनायौं, भट्टराईलाई जिताएर मन्त्री बनाऔंः सांसद भण्डारी

images

इच्छाकामना न्युज

२७, चैत्र २०७९
पौडेललाई जिताएर राष्ट्रपति बनायौं, भट्टराईलाई जिताएर मन्त्री बनाऔंः सांसद भण्डारी
images

तनहुँ । नेपाली कांग्रेस युवा नेता तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताएर मन्त्री बनाउनु पर्ने बताएका छन् ।  तनहुँ १ का मतदाताले तत्कालिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएको र  वैशाख १० गते हुने उपनिर्वाचनमा मन्त्री बनाउने अवसर आएको बताए ।

सो कुरा नेता भण्डारीले तनहुँको व्यास नगरपालिका–१० वैरनीमा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै बताएका हुन् । गठबन्धनको सरकार भएकाले जनताले विकासको पूर्वाधार निर्माणको लागि गठबन्धनकै उम्मेदवारलाई जिताउँदा सहज हुने भएकोले जीत सुनिश्चित रहेको उनको भनाई थियो ।

‘‘यसपटक गोविन्द भट्टराई जिताएर मन्त्री बनाउनु पर्छ त्यसको साथ दिन म तयार छु भण्डारीले भन्नुभयो,सरकार भए नै काम गर्न सकिन्छ ।’’ उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकोले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नु पर्ने भण्डारीको भनाई थियो । भट्टराई आफू भन्दा पनि सिनियर नेता भएको र अवसर नपाएको भएपनि  जिल्लाको विकास ठुलो योगदान दिएको बताउनुभयो ।

‘‘गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ नेता भण्डारीले भने स्थायी सरकार र समृद्धिको लागि गठबन्धन गरिएको हो ।’’ एमाले अध्यक्ष केपी प्रधानमन्त्री बन्दा संविधान कुल्चने, गणतन्त्रलाई उल्टाउने र पार्टी फुटाउने चेष्टा भएपछि गठबन्धन गरिएको भण्डारीको भनाई थियो । राजनीतिक स्थायित्व विना देशको विकास हुन नसक्ने कुराको हेक्का राख्दै गठबन्धन गरिएको  भण्डारीले बताए । उत्येजना तथा भावावेशमा आएर राजनीतिले सही निकास दिन नसक्ने भण्डारीले बताउनभयो । पूर्व मन्त्री समेत रहेका भण्डारीले  धेरै असुष्टि बोकेर नभई संयता, धर्यता र कर्तव्यबोध भएकोले मात्रै देश बनाउन बताउनु भएको थियो  ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पूर्व क्षत्रीय सचिव तुलसीराम सापकोटा, व्यास नगर सभापति सूयचन्द्र हड्खले, वडा सभापति प्रेमराज मिश्र लगायतले मङ्सिर ४ गतेको चुनावमा भारी मतान्तरले गठबन्धनको उम्मेदवारले चुनावमा जितेकोले उच्च मनोवल बनाई सबै जना मिलेर प्रचार प्रसार जुट्न जरुरी रहेको कुरामा जोड दिएका थिए । भण्डारीलाइ उपनिर्वाचनको लागि सत्ता गठबन्धनले चुनावी कमाण्डर तोकेको छ ।

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २३:५४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology