Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा गोविन्द भट्टराईको घरदैलो कार्यक्रम 

आँबुखैरेनीमा गोविन्द भट्टराईको घरदैलो कार्यक्रम 

इच्छाकामना न्युज

२७, चैत्र २०७९
आँबुखैरेनीमा गोविन्द भट्टराईको घरदैलो कार्यक्रम 
images
आँबुखैरेनी । तनहुँ क्षेत्र नं.१ का उम्मेदवार गोविन्द भट्टराई घर दैलो कार्यक्रमका लागि आँबुखैरेनीको विभिन्न गाउँ गाउँमा पुग्नु भएको छ । २०८० साल बैशाख १० गते हुने उप–निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका भट्टराई भोट माग्दै आँबुखैरेनी गाउँपालिकाको विभिन्न गाउँ गाउँमा पुग्नु भएको हो ।
 
तनहुँ कै माटोमा जन्मेर, हुर्केर जिल्लाको समस्या नजिक बाट बुझ्दै खानेपानी, बाटो, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय विकासका काम गरेका भट्टराईले यसपालिको उपनिर्वाचनमा भारी मतले जित्ने र तनहुँको विकासमा विशेष योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
 
गण्डकी प्रदेशका पुर्ब मन्त्री एवंम ने.क.पा.माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हरि बहादुर चुमानको उपस्थितिमा भट्टराईले सोमबार तनहुँको आँबुखैरेनी-३ आँबु गाउँ, आँबुखैरेनी-४,भागे-अक्लाङ्ग, आँबुखैरेनी-५ सानु भञ्ज्याङ् लगाएतका स्थानमा घरदैलो गर्नुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २३:४९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology