Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोफसलमा बढ्दै चलचित्र गतिविधि

मोफसलमा बढ्दै चलचित्र गतिविधि

इच्छाकामना न्युज

२३, चैत्र २०७९
मोफसलमा बढ्दै चलचित्र गतिविधि
images

काठमाडौँ । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनको लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् ।

images
images

प्रिमियर, घोषणालगायतका कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’ को प्रिमियर कास्कीको पोखरा हुने भएको छ । मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारकै लागि गर्ने यस्ता गतिविधि निकै कम छन् ।

निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल र लेखक तथा निर्देशक प्रमोद कँडेलको सहभागितामा प्रिमियर हुने जानकारी दिए। “मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोचले आयोजना गरेका हौँ । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रम निरन्तर हुन् जरुरी छ”, निर्माता पौडेलले भने। चलचित्रको प्रिमियर काठमाडौँमा बुधबार साँझ सम्पन्न भइसकेको छ ।

पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीमार्फत सकारात्मक प्रतिक्रिया पाइएको निर्देशक कँडेलले बताए। “हामीले निरन्तररूपमा बनिरहेका चलचित्रमा यसलाई फरकरूपमा तयार गरेको प्रयासले सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारबाट राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौँ”, निर्देशक कँडेलले भने। निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा भएको थियो ।

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो। निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलमा बढ्दो बजारलाई टेवा पु¥याउने उद्देश्यले प्रिमियर गरिएको बताए।

“हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझैँ कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्न पनि प्रिमियर गरेका थियौँ”, निर्माता बानियाँले भने, “प्रिमियर, पत्रकार सम्मेलनलगायतका गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । चलचित्रले मोफसलबाटै झन्डै लगानी उठाएको थियो”, उनी आफ्नो आगामी चलचित्र ‘महाजात्रा’ लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा छन्।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ०७:५९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology