Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाहुना आउँछन् जान्छन्, यहाँको विकास गर्नेलाई मत दिनुस् : काँग्रेस उम्मेद्वार गोविन्द भट्टराई

पाहुना आउँछन् जान्छन्, यहाँको विकास गर्नेलाई मत दिनुस् : काँग्रेस उम्मेद्वार गोविन्द भट्टराई

इच्छाकामना न्युज

२१, चैत्र २०७९
पाहुना आउँछन् जान्छन्, यहाँको विकास गर्नेलाई मत दिनुस् : काँग्रेस उम्मेद्वार गोविन्द भट्टराई
images

दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताएका छन् ।

images
images

डुम्रेमा चुनावी प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले पदमै नरहेर पनि जिल्लाको मिलुंंगदेखि धरमपानी अनि छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको भन्दै आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताए । यहाँको माटो नै नचिनेका व्यक्तिहरु उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु छाडेर जाने भए पनि आफू भने यहीं विकासमा लागि पर्ने भन्दै आफूलाई मत दिन आग्रह गरे ।

कतिपय उम्मेदवार पैसा बाँडेर चुनाव जित्ने योजनामा रहेको भन्दै उनले सोधे पैसालाई भोट दिनुहुन्छ कि निष्ठानवानलाई ?

आफूसँग जिल्लाको विकासदेखि राष्ट्रिय र अर्थतन्त्र बलियो बनाउने योजना रहेको उनले सुनाए । भट्टराइले आफूले पार्टीमा देखिएका समस्या समाधान गरेर सुधार गर्ने भन्दै भने, म घरको फोहोर सफा बनाएर राम्रो बनाएर बस्छु, अर्काको घरमा बास बस्न जाने काम गर्दिनँ ।

डुम्रेमा स्थापित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्रीय सभापति श्याम मौरती, स्थानीय नेताहरु रामचन्द्र अधिकारी, रेशम गुरुंग लगायत उपस्थित थिए ।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २०:४०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology