Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

दोस्रो नयाँ वर्ष मकैसिङ कप २०७९ फुटबल प्रतियोगिता हुने

दोस्रो नयाँ वर्ष मकैसिङ कप २०७९ फुटबल प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

२०, चैत्र २०७९
दोस्रो नयाँ वर्ष मकैसिङ कप २०७९ फुटबल प्रतियोगिता हुने
images

मकैसिङ । स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ दोस्रो मकैसिङ कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । मकैसिङ युवा क्लब, मकैसिङ गण्डकी गाउँपालिका १ द्धारा सञ्चालन गर्न लागेको उत्त प्रतियोगिता यहि २०७९ चैत २५ गत्तेदेखि सञ्चालन हुने छ । प्रतियोगिता मकैसिङमा अवस्थित टुडिखेलमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ४० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै द्धितिय स्थान हासिल गर्ने टिमले नगद रु २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

311658166_519029240233153_2131955442870003906_n.jpg

प्रतियोगितामा आयोजकले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा सहाभागि जनाउने टिमले दर्ता सुल्क ४ हजार तिर्नुपर्नेछ । 

प्रतियोगिता सम्बन्धि थप जानकारीहरु क्लबको आधिकारिक फेसबुक पेज अर्थात क्लबका सम्बन्धित व्यत्तिहरुसँग सम्पर्क गर्न सकिनेछ । उत्त प्रतियोगिताको मिडिया पार्टनरको रुपमा इच्छाकामना न्युज डट कम रहने छ । 

 

 

images
प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - २२:३८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology