Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

गोरखा सिरानचोकको केराबारीदेखि आँबुखैरेनीको मार्किचोकसम्म ५३ करोडमा विद्युत प्रशारण लाईन बन्ने

गोरखा सिरानचोकको केराबारीदेखि आँबुखैरेनीको मार्किचोकसम्म ५३ करोडमा विद्युत प्रशारण लाईन बन्ने

images

इच्छाकामना न्युज

२०, चैत्र २०७९
गोरखा सिरानचोकको केराबारीदेखि आँबुखैरेनीको मार्किचोकसम्म ५३ करोडमा विद्युत प्रशारण लाईन बन्ने
images

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीदेखि तनहुँको मार्किचोकसम्म १३२ केभिए प्रशारण लाईन निर्माण हुने भएको छ । करिब ५३ करोड लागतमा निर्माण गर्न लागिएको केराबारी, न्यू मस्र्याङ्दी, दरौँदी कोरिडोर १३२ केभीए विद्युत प्रशारण लाईन आयोजनाको आईतवार शिलान्यास गरिएको हो ।

सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङको १९ नम्बर टावरमा शिलान्यास गरिएको आयोजना संयोजक कृष्णराज खनालले बताए । ‘चेपे र दरौँदी नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रशारण ग्रिड लाईनमा जोड्न यो बिस्तार गर्न लागिएको हो’ उनले भने । उक्त आयोजनाको फाउण्डेशनको काम अब सुरु हुनेछ । अहिले चेपे र दरौँदीमा विभिन्न आयोजनामा गरी करिब एक सय २० मेगावाट बिजुली उत्पादनको चरणमा छ ।

सिरानचोक १ केराबारी सव–स्टेशनदेखि ३१ दशमलव ५३ किलोमिटर तनहुँको मार्किचोकसम्म १३२ केभिए लाईन बिस्तारको काम हुनेछ । ‘काम सक्नुपर्ने समय करिब पाँच महिना बाँकी छ, निर्माण कम्पनी आफैँले डिजाईन गर्दै स्वीकृत गर्नुपर्ने भएकाले समय लागेको हो’ आयोजना संयोजक कृष्णराज खनालले भने ।

यो विद्युत लाईन गोरखातर्फ सिरानचोक गाउँपालिका १, २, ४, ५ र ८, पालुङटार नगरपालिका वडा नं. १ र ९, गोरखा नगरपालिका वडा नं. १३ र १४ मा पर्छ ।

स्किपर÷श्यामा पावर कम्पनीले उक्त आयोजना निर्माणको जिम्मा लिएको छ । आईतवार भएको शिलान्यास कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव तथा राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडका संचालक समिति अध्यक्ष दिनेशकुमार घिमिरे, गोनपा मेयर कृष्णराना मगर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, विद्युत बिकास बिभागका महानिर्देशक चिरञ्जिवी चटौत, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, अर्थ मन्त्रालयका सह सचिव रघुराम विष्ट, राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडका विज्ञ स्वतन्त्र संचालक शरद बस्याल, स्वतन्त्र संचालक सन्तोष श्रेष्ठ, कम्पनीका कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली बोर्डका सदस्यहरु लगायत वडा अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

images
प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - २१:३५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology