Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इन्डोनेसियाको सुलावेसीमा शक्तिशाली भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो 

इन्डोनेसियाको सुलावेसीमा शक्तिशाली भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो 

एजेन्सी

३, माघ २०७७
इन्डोनेसियाको सुलावेसीमा शक्तिशाली भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो 
images

इन्डोनेसियाको सुलावेसी टापुमा हिजो गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । बीबीसीका अनुसार भूकम्पमा परि सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाको पूर्वी टापु सुलावेसीमा हिजो बिहान ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण ममाजुमा रहेको ५ तले मित्र मनकारा अस्पतालको भवन भत्कँदा ८ जनाको मृत्यु भएको तथा ६० जनाको उद्दार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१८ मा सुलावेसीमैं गएको भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले लेखेको छ । पछिल्लो २४ घण्टामा मात्रै इन्डोनेसियामा ४ दशमलव ७म्याग्निच्युडदेखि ५ दशमवल १ म्याग्निच्युडको ५ वटा भूकम्प गएको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु सुलावेसीस्थित शहर मजिनाबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा रहेको बताइएको छ । केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर मात्र मुनि रहेको छ ।  

images
images

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०९:०८:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology