Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आफ्नो जीत निश्चित भएको कांग्रेस नेता गोविन्द भट्टराईको भनाई

आफ्नो जीत निश्चित भएको कांग्रेस नेता गोविन्द भट्टराईको भनाई

इच्छाकामना न्युज

१९, चैत्र २०७९
आफ्नो जीत निश्चित भएको कांग्रेस नेता गोविन्द भट्टराईको भनाई
images

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ–१ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जीत सुनिश्चित भएको बताउनु भएको छ ।

images
images

नेपाली कांग्रेस व्यास नगरपालिका–२ ले आईतबार गरेको सभालाई सम्बोधन गर्दै नेता भट्टराईले आफूले विगतमा गरेको कामको आधारमा जीत सूनिश्चित भएको बताउनुभयो । अन्य उम्मेदवारलाई पेपर टाईगरको भएको नेता भट्टराईको थियो ।  हेर्दाखेरी भयङ्कर बुद्धिमान जस्तो तर कुनै क्षमता नभएको कार्यशैली राम्रो नभएको मान्छेहरु भोट माग्ने आउन सक्ने हुँदा सर्तक बन्नु पर्ने नेता भट्टराईको भनाई थियो । ‘कुन नेता वास्तवमा काम गर्ने हो, क्षमतावान हो , बुद्धिमान हो, यो मुलुकको माटो चिनेको त्यसलाई छनोट गर्नुपर्ने अवस्था छ’’ भट्टराईले भन्नुभयो ।

तनहुँ लोकतन्त्रको उद्गम जिल्ला भएको नेता भट्टराईको भनाई थियो  । नेपालमै सबैभन्दा एकै ठाउँमा सहादत प्राप्त गरेको जिल्ला तनहुँ भएको नेता भट्टराईले बताउनुभयो । आधुनिक भाषाको विकास गर्ने भानुभक्त देखि वेदव्यासको एउटा धार्मिक रुपले पनि सिंचित ठाउँ भएको उल्लेख गर्दै भट्टराईले धार्मिक सस्कृतिको रक्षा, हिजोको आन्दोलनको इतिहासको रक्षा गर्न निम्ति पनि नेपाली कांग्रेसका उम्मेद्वारले जित्नु पर्ने बताउनुभयो ।

‘यही माटोमा हुर्किएको २०३६ सालको आन्दोलन यही जिल्लाबाट सुरु गरेको व्यक्ति हुँ नेता भट्टराईले भन्नुभयो लोकतन्त्रको व्यवस्थाबाटै उन्नती र विकास गर्छौ । आफ्नो पहिलो प्राथमिकता संविधानको रक्षा, बहुदलीय व्यवस्थाको रक्षा गर्नु र मानव अधिकारको रक्षा गर्नु  भएको उहाँले बताउनुभयो । विकास गर्ने र अर्थतन्त्रको सुधार गर्नको निम्ति लोकतन्त्रको विकल्प नभएको तर्क भट्टराईको थियो । जनताको आयस्तर सुधार  गर्ने र दरो लोकतन्त्र बनाउने योजना  रहेको भट्टराईले बताउनुभयो ।

नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति वैकुण्ठ न्यौपानले नेता भट्टराई जनताको सुख दुखमा भिजेको, पढेलेखेको, राजनीतिक परिवारमा हुर्किएको बढको नेता भएकोले विजय सुनिश्चित भएको बताउनुभयो । ‘कुनै पनि हिसाबले शिर निहुराउनु पर्ने अवस्था छैन बढो गर्वका साथ मत माग्न हिड्नु पर्छ’ न्यौपानेले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा कांग्रेस र गठबन्धनकै नेता अधिकांश विजयी भएकोले भारी मतान्तरले विजयी हुने दाबी न्यौपानेले गर्नुभयो । कार्यक्रम वडा सभापति टुकबहादुर हमालको अध्यक्षतामा भएको थियो । 

images
प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - २१:०५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology