Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

भारतमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

एजेन्सी

३, माघ २०७७
भारतमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै
images

भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो । 
यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ । सरकारले खोप अभियानको पहिलो दिन आज ३ करोड स्वास्थ्यकर्मी, अग्रस्थानमा खटिनेहरुलाई दिने बताएको छ । सरकारको यस खोप अभियान अन्तर्गत पहिलो चरणमा ३० करोड नागरिकलाई खोप दिइने छ । यस्तै कोरोना सङ्क्रमणको चपेटामा आउन सक्ने उच्च जोखिम उमेर समूह ५० वर्षभन्दा बढीका २७ करोड नागरिकलाई दोस्रो चरणमा खोप दिइने छ । खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्नुहुनेछ । 
मोदीले ट्वीट गर्दै खोप अभियानको बिहान साढे १० बजे भिडियो कन्फ्रेन्समार्फत सुरु गर्ने र खोप लगाउने स्वाथ्यकर्मीसँग पनि कुराकानी गर्ने जानकारी दिनुभएको छ । भारत विश्वकै दोस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक हो । जहाँ अमेरिकापछि सबैभन्दा बढी एक करोड ५४ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ब्राजिलपछि सबैभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

images
images

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०९:०७:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology