Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

सामुदायिक विद्यालय सुधार्न नयाँ योजना अघि सार्दै आँबुखैरेनी गाउँपालिका

सामुदायिक विद्यालय सुधार्न नयाँ योजना अघि सार्दै आँबुखैरेनी गाउँपालिका

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारलाई कर छुट देखि निःशुल्क स्वास्थ्य बिमाको सुविधा 

images

इच्छाकामना न्युज

१४, चैत्र २०७९
सामुदायिक विद्यालय सुधार्न नयाँ योजना अघि सार्दै आँबुखैरेनी गाउँपालिका
images

आँबुखैरेनी । सामुदायिक विद्यालय सुधार गर्न आबुखैरेनी गाउपालिका विभिन्न योजना अघि सार्ने भएको छ । गाँउपालिकालेसामुदायीक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्वी गर्न तथा विद्यार्थीहरुको आर्कषण बढाउन बिभिन्न खालका कार्यक्रमहरु आगाडी बढाएको हो । सामुदायिक विद्यालय पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बिमा देखि कर छुट दिने तयारी गरी पालिकाले सुधारका बिभिन्न काम अगाडी बढाएको छ ।

आँबुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमानका अनुसार पालिकाका करिब १२ सय वालवालिकाहरुकालागि बाल बिकास देखि कक्षा ५ सम्मका सम्पुर्ण छात्र छात्रा लाई निःशुल्क ट्रयाक शूट, झोला, जुत्ता मोजा तथा टि सर्ट बितरण गरिएको बताए । विद्यालयमा भबन मा गर्नुपर्ने सम्पुर्ण मर्मत, छाना, फ्लोरिङ, रङ रोगन, डेस्क बेन्च फेर्ने चैत मशान्त सम्म गरी सक्ने श्रोत ब्यवस्थापन भएको पनि अध्यक्ष चुमानले बताए । समाुदायिक विद्यालयमा नर्सरी देखि २ कक्षा सम्म स्मार्ट टिभिराखी सिकाइ सहज गर्ने काम अगाी बढेको समेत बताए । सुधारका काम अन्र्तगत केही सामुदायिक बिद्यालय मा स्कुल ब्यवस्थापन गर्ने तयारी गरिरहेको समेत गाँउपालिकाकी उपाध्यक्ष दुर्गा आयालले बताइन् ।

सिकाइ गुणस्तर सुधारका लागि को लागि बिषयगत पर्याप्त दरबन्दी पठाउन गाउपालिका बाट नै आफ्नै श्रोत मा शिक्षक परिचालन गर्ने र आबुखैरेनी क्याम्पसका युबा विद्यार्थीहरुपरिचालन गर्ने तयारी पालिकाले गरेको समेत चुमानले बताए । पालिकाले यस अगाी नै जनप्रतिनिधि वालवालिका अनिवार्य सरकारी स्कुल विद्यालयमा पठनपाठन गर्ने र्निाय गरेको छ ।

आँबुखैरेनी गाँउपालिकाले सरकारीमा पढाउने परिवार लाई कर छुट र ३५ सय बराबरको स्वस्थ्य बिमा प्रति परिवार गर्ने तयारी गरिहेको समेत अध्यक्ष चुमानले बताए । गाँउपालिकाले वा नं. ४, ५ र ६ को सरकारी स्कुल मा पढाउने परिवारको बिमा पालिकाले निशुल्क गर्ने तयारी गरेको पालिकाले जनाएको छ । विद्यालय सुधारका लागि सिं एन एस तथा साथी शिक्षक सस्थासँग सहकार्य गरेर ७ वा विद्यालमा शैक्षिक सुधारको काम अगाडी बढेको समेत पालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ०९:२७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology