Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकाको जनसंख्या १० वर्षमा घट्यो, कति पुग्यो ? हेर्नुस्

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकाको जनसंख्या १० वर्षमा घट्यो, कति पुग्यो ? हेर्नुस्

चित्र बहादुर गुरुङ

१२, चैत्र २०७९
गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकाको जनसंख्या १० वर्षमा घट्यो, कति पुग्यो ? हेर्नुस्
images

गोरखा । गोरखाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा १० वर्षको अवधिमा जनसंख्या घटेको पाईएको छ । राष्ट्रिय तथ्याङ्क आयोगले २०७८ मा गरेको जनगणना अनुसार आज प्रकाशन गरेको अन्तिम जनसंख्या विवरण अनुसार उक्त पालिकाहरुमा जनसंख्या घटेको पाईएको हो ।

images
images

२०७८ को जनगणना अनुसार गण्डकीको यसअघि भन्दा जनसंख्या १ हजार ८ सय ५९ ले घटेर २१ हजार ३ सय ९४ मा आइपुगेको छ । तर १० वर्ष अघि २०६८ को जनगणना अनुसार २३ हजार २ सय ५३ रहेको थियो । जस अुनसार गण्डकीको जनसंख्या वृद्विदर –०.८० प्रतिशत छ ।

विवरणमा उल्लेख भएअनुसार गण्डकीमा पुरुषको संख्या १० हजार २ सय ८९ छ भने महिलाको संख्या ११ हजार १ सय ५ रहेको छ । जस अन्तर्गत गण्डकी गाउँपालिकामा पुरुषको संख्या भन्दा महिलाको संख्या ८ सय १६ बढि रहेको देखिन्छ । 

जनगणना अनुसार गण्डकीमा परिवार संख्या भने बढेको पाईएको छ । जसमा २०६८ मा ५ हजार २ सय ५३ परिवार रहेको गाउँपालिकामा १० वर्षपछि ४ सय ६ परिवार बढेर २०७८ मा ५ हजार ६ सय ५९ पुगेको पाईएको छ । 

यस्तै समग्र गाउँपालिकाको साक्षरता प्रतिशत ७२.०५ प्रतिशत छ जसमा पुरुष साक्षरता प्रतिशत ७९.३४ र महिला साक्षरता प्रतिशत ६५.३५ रहेको छ । यसरी हेर्दा गण्डकीमा पुरुषको भन्दा महिलाको साक्षरता प्रतिशत कमजोर देखिन्छ । 

यता गोरखाको शहिद लखन गाउँपालिकामा गण्डकीमा भन्दा बढि दरमा जनसंख्या घटेको पाईएको छ । विवरण अनुसार शहिद लखनको जनसंख्या २०६८ मा २७ हजार ५ सय ५५ रहेकोमा १० वर्षमा ४ हजार ४ सय ७९ ले घटेर २०७८ मा २३ हजार ७६ मा आईपुगेको छ । गाउँपालिकाको जनसंख्या वृद्विदर –१.७० रहेको छ । 

जनगणना अनुसार शहिद लखनमा परिवार संख्या भने बढेको पाईएको छ । जसमा २०६८ मा ६ हजार ६ सय ८२ परिवार रहेको गाउँपालिकामा १० वर्षपछि १ सय ७४ परिवार बढेर २०७८ मा ६ हजार ८ सय ५६ पुगेको पाईएको छ । 

यस्तै समग्र गाउँपालिकाको साक्षरता प्रतिशत ७१.१८ प्रतिशत छ जसमा पुरुष साक्षरता प्रतिशत ७९.७३ र महिला साक्षरता प्रतिशत ६३.७९ रहेको छ । यसरी हेर्दा शहिद लखनमा पनि पुरुषको भन्दा महिलाको साक्षरता प्रतिशत कमजोर देखिन्छ । 


उल्लेखित समाचारमा यस अघि प्रकाशित शहिद लखन गाउँपालिकाको जनसंख्या विवरण गलत उल्लेख हुन पुगेकोमा क्षमा प्राथी छौं । हाल यकिन विवरण सच्चाईसकिएको व्यवहोरा जानकारी गर्दछौ । –सम्पादक 

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - ०९:४९:०९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology