Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गितारिस्ट एवं गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवं गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

इच्छाकामना न्युज

१२, चैत्र २०७९
गितारिस्ट एवं गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण
images

काठमाडौं । गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

images
images

यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो ।

सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत९संगीत बजारमा ल्याएको छ । ठमेलमा लाइभ म्युजिक गर्ने यो पहिलो ब्याण्ड थियो । यस ब्याण्डमा पछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ रहनुभयो भने अहिले सरोज शाहीले यसलाई अगाडि बढाइरहनुभएको छ । यसमा अहिले सरोजसँगै दिपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी हुनुहुन्छ ।

सुनिल यतिबेला बेलायतमा बस्दै आउनुभएको छ । नेपाल आएको छोटो समयमा ब्याण्डका साथीसँग भेटघाट र पुस्तक प्रकाशन गरेको उहाँले बताउनुभयो । पुस्तक समारोहमा उहाँका पुराना साथीभाइ र गीत(संगीतका व्यक्तित्वका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - ०९:२३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology