Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्वतन्त्र पार्टीको सदस्य बन्न १ हजार शुल्क लाग्ने, शुल्क नदिएकाको सदस्यता खारेज

स्वतन्त्र पार्टीको सदस्य बन्न १ हजार शुल्क लाग्ने, शुल्क नदिएकाको सदस्यता खारेज

इच्छाकामना न्युज

१०, चैत्र २०७९
स्वतन्त्र पार्टीको सदस्य बन्न १ हजार शुल्क लाग्ने, शुल्क नदिएकाको सदस्यता खारेज
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले सदस्यता शुल्क बापत एक हजार रुपैयाँ लिँदै आएको छ । यसअघि एक रुपैयाँ तिरेर वा निःशुल्क सदस्यता लिएकाहरुको सदस्यता खारेज भएपछि रास्वपाले एक हजार रुपैयाँ लिएर सदस्यता वितरण गरेको हो ।

images
images

रास्वपा चितवनका संयोजक कृष्णप्रसाद भुषालले पाँच वर्षको लागि एकमुष्ट एक हजार रुपैयाँ लिएर सदस्यता प्रदान गर्ने गरिएको दाबी गरे । सदस्य बनेपछि दिइएको रसिदमा भने पाँच वर्षको शुल्क भनेर उल्लेख गरिएको छैन । पार्टीको सदस्य बढाउन रास्वपाले गाउँ–गाउँमा सदस्यता विस्तार टोली परिचालन पनि गरेको छ ।

भुषालका अनुसार चितवनमा यसअघि एक लाख जनाले निःशुल्क सदस्यता लिएका थिए । उनीहरुको सदस्यता अयोग्य भएको छ । एक हजार रुपैयाँ तिरेर सदस्य बन्नेको संख्या करिब १५ सय रहेको उनी बताउँछन् ।

‘पाँच वर्षको लागि एकैचोटी एक हजार रुपैयाँ सदस्यता शुल्क लिइएको हो’, उनले भने, ‘रसिदमा पाँच वर्षको शुल्क भनेर उल्लेख गर्न छुटेको हुनसक्छ । उहाँहरुको परिचय पत्र आएपछि त्यसमा भने पाँच वर्षको शुल्क भुक्तानी गरेको उल्लेख भएरै आउँछ ।’

अनलाइन मार्फत शुल्क तिरेर पनि पार्टीको सदस्यता लिन सकिने उनले बताए । ‘निःशुल्क सदस्यता लिएको सदस्यता आधिकारीक नमान्ने निर्णय भएको हुँदा अब एक हजार तिरेर अनलाईन फारम भरेपछि मात्रै सदस्यता प्रमाणित हुन्छ’, उनले भने, ‘त्यसपछि उहाँहरुको परिचय पत्र पनि आउँछ ।’

रास्वपाले दिएको रसिद

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०८:१९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology