Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सिलिन्डर कहिल्यै नगुडाउनोस् : यी हुन् ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

सिलिन्डर कहिल्यै नगुडाउनोस् : यी हुन् ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

इच्छाकामना न्युज

९, चैत्र २०७९
सिलिन्डर कहिल्यै नगुडाउनोस् : यी हुन् ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
images

काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको संकेत दिन्छ ।

images
images

ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास स्टोभ सिलिन्डरभन्दा सधैँ अग्लो ठाउँमा राख्नुपर्ने नेपाल ग्यासले जनाएको छ ।

१.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्रयोग गर्न नहुने, ग्यास पाइप, अरू जोर्नी र भल्बहरूमा लिक छ/छैन समय–समयमा साबुनपानीले जाँच गर्नुपर्नेमा नेपाल ग्यासले जोड दिएको छ ।

नेपाल ग्यासका अनुसार सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुपर्छ । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग गर्नु हुँदैन । त्यसरी प्रयोग गरे रेगुलेटर बिग्रने र ग्यास लिक हुने सम्भावना हुन्छ ।

सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै गुडाउन र फाल्न हुँदैन । त्यसो गर्दा दुर्घटना हुने सम्भावना हुने नेपाल ग्यासले जनाएको छ ।

ग्यास प्रयोग गर्दा यी कुरामा ध्यान दिनोस्–
– ग्यास प्रयोग गर्नुभन्दा अगाडि भान्साको झ्याल र ढोका सधैँ खुला राख्नुहोस् ।
– ग्यास स्टोभ सिलिन्डरभन्दा अग्लो ठाउँमा राख्नुहोस् ।
– १.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्रयोग नगर्नुहोस् । ग्यास पाइप, अरू जोर्नी र भल्बहरूमा लिक छ/छैन समय–समयमा साबुनपानीले जाँच गर्नुहोस् ।
– सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुहोस् । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग नगर्नुहोस् ।
– सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै नगुडाउनुहोस् र नफाल्नुहोस्, यसबाट दुर्घटना हुने सम्भावना हुन्छ ।
– अटोमेटिक ग्यास उपकरणबाहेक अरू स्टोभ बाल्नुभन्दा पहिले ग्यास लाइटर वा सलाई ठिक पारेर राख्नुहोस् ।
– तापको स्रोत कहिल्यै सिलिन्डरको नजिकै नराख्नुहोस् । जस्तै : हिटर, मट्टीतेलको स्टोभ आदि ।
– बलिरहेको ग्यास स्टोभ छाडेर कतै नजानुहोस् ।
– काम सकिएपछि पहिले रेगुलेटर र पछि चुलोको नब बन्द गर्नुहोस् (Clock wise direction)।
– बालबालिकालाई जथाभावी ग्यास चुल्हो चलाउन नदिनुहोस् ।
– उपकरण बिग्रिएमा आफैँ कहिल्यै नबनउनुहोस् र नचलाउनुहोस् । यसका लागि कम्पनीमा सम्पर्क गर्नुहोस् ।
– भान्सामा काम गर्दा रेसमी, ऊनी, नाइलन, टेरीकटन, टेरीलिन आदिबाट बनेका लुगा प्रयोग नगर्नुहोस् । सधैँ सुती कपडा मात्र प्रयोग गर्नुहोस् ।
– ग्यास चुलोभन्दा माथि रहेका ¥याक, सेल्फ आदिबाट सामान झिक्दा सावाधान भएर झिक्नुहोस् ।
– ग्यास चुलो झ्यालनजिक छ भने उक्त झ्यालमा लामो झोलिने पर्दा प्रयोग नगर्नुहोस् ।
– सधैँ उच्च गुणस्तरको प्रमाणित रबर ट्युब, रेगुलेटर एवं अरू उपकरण प्रयोग गर्नुहोस् । यसका लागि आईएसआई अथावा एनएस गुणस्तर चिह्न भए/नभएको यकिन गरेर मात्र खरिद गर्नुहोस् ।
– सिलिन्डरमा रेगुलेटर फिट गर्नुभन्दा पहिले भल्बभित्रको रबर वासर (Jointing Seal) अनिवार्य रूपमा जाँच गर्नुहोस् ।
– आगोको स्रोतहरू बन्द भएको निश्चित भइसकेपछि मात्र सिलिन्डर फेर्नुहोस् ।

images
प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - ०८:४४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology