Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरमा सघन सहरी विकासअन्तर्गतका दुई सडकको शिलान्यास 

भरतपुरमा सघन सहरी विकासअन्तर्गतका दुई सडकको शिलान्यास 

इच्छाकामना न्युज

८, चैत्र २०७९
भरतपुरमा सघन सहरी विकासअन्तर्गतका दुई सडकको शिलान्यास 

चितवन । भरतपुर महानगरपालिमा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तरगतका दुई वटा सडकको शिलान्यास गरिएको छ। भरतपुर–९ स्थित काँडाघारी र भरतपुर–२५ स्थित किसान चोकमा बुधबार महानगर प्रमुख रेनु दाहालले सडकको शिलान्यास गरेकी हुन्। 

images

एकीकृत सहरी पूर्वाधार योजनाअन्र्तरगत दोस्रो प्याकेजका रुपमा भरतपुर महानगरपालिकामा सडक निर्माणका साथै बसपार्क निर्माणका लागि योजना ल्याइएको महानगरपालिकाले जनाएको छ। अघिल्लो वर्ष सघन सहरी तथा भवन निर्माण आयोजनाबाट भरतपुरमा दुई अर्बका योजना सुरु भएका थिए। 

यी आयोजना सम्पन्नको चरणमा रहेको महानगर प्रमुख दाहालले बताइन्। यसवर्ष स्मार्ट सिटी आयोजनाअन्तर्गत भरतपुरमा ११ वटा प्याकेजमा ४१ करोडका आयोजना सुरु भएको उनले बताइन्। नगर प्रमुख दाहालले दोस्रो प्याकेजका रुपमा शिलान्यास भएका योजनाहरु समयमै समपन्न गर्न निर्माण कम्पनीलाई आग्रहसमेत गरेकी छन्। 

उनका अनुसार समयमा काम नसक्ने १४ वटा कम्पनीलाई कारबाही गरसिकएिको छ। एकीकृत सहरी पूर्वाधार निर्माण आयोजना अन्तगतका सबै योजना संघन सहरी तथा भवन निर्माण आयोजनाले एउटै कम्पनीलाई ४१ करोड १९ लाख रुपैयाँमा ठेक्का दिएको छ। 

आयोजनाका लेखा अधिकृत ओमबहादुर खड्काका अनुसार भरतपुरको महालक्ष्मी, ओम सत्य साई जेभीसँग फागुन १० गते ठेक्का सम्झौता गरिएको हो। यी योजनाको म्याद २०८१ भदौ ९ गतेसम्म रहेको उनले बताए। योजनाअन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे हुनेछ। 

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत देवघाटमा बसपार्क, नारायणी नदी किनारमा सी बिच, नारायणी नदी किनारमै आरती भवन र भरतपुरका ९ वटा सडक निर्माणको ठेक्का सम्झौता भएको छ। 

काँडाघारीदेखि वडा नम्बर ८ सम्मको सडक निर्माणका लागि २ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै किसानचोकदेखि विकासचोक हुँदै बेतली खोलाको पुलसम्मको साढे ५ किलोमिटर सडक पिच गर्नका लागि १० करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - १७:३५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology