Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसमः आशिंक बदली भै केहि स्थानमा हल्का वर्षा हुन सक्ने

आजको मौसमः आशिंक बदली भै केहि स्थानमा हल्का वर्षा हुन सक्ने

इच्छाकामना न्युज

१९, आश्विन २०७७
आजको मौसमः आशिंक बदली भै केहि स्थानमा हल्का वर्षा हुन सक्ने
images

चितवन, १९ असोज । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । हाल देशका प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ का केही स्थानहरुमा हल्का बर्षा भएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

images
images

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रहनेछ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी अज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ ।

त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का केही स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - ०८:३१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology