आँबुखैरेनी । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आँबुखैरेनीमा पनि विविध कार्यक्रम गरी आज मनाईएको छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसको सभाहलमा सयौं महिला दिदीबहीनीहरुको उपस्थितीमा “लागुऔषध दुव्र्यसन नियन्त्रण तथा आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम” लगाएत विविध सांस्कृतिक कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले मनाईएको गाउँपालिकाकाले जनाएको छ ।
सो जनचेतनामूलक कार्यक्रममा बह्मकुमारी राजयोग विश्वविद्यालयकी संचालिका इन्दिरा पौंडेल, सृष्टि नेपाल सुधार केन्द्रका संचालक कन्चनदीप केसी, राजु लामिछाने, ओम कुमारी पौंडेल, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक गायत्री राज शर्मा लगाएतकाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, निवर्तमान उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ्ग, वडा नं. २ का वडाध्यक्ष आश बहादुर गुरुङ्ग, वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेल, प्रशासन सहायक पुजा श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँर, आई.टी. अफिसर निरोज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।