Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीको पुलजीपबाट लागुऔषध सहित २ युवा पक्राउ

आँबुखैरेनीको पुलजीपबाट लागुऔषध सहित २ युवा पक्राउ

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७९
आँबुखैरेनीको पुलजीपबाट लागुऔषध सहित २ युवा पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट लागुऔषध सहित दुई युवा पक्राउ परेका छन् । वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ना४ख २५४९ नम्बरको बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध सहित दुई यवा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ बस्ने १८ वर्षीय विशाल सराव र कास्कीको पोखरा महानगरपालिका–१५ बस्ने ५४ वर्षीय जितेन्द्र गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

विशालको साथबाट डाइजेपाम १००, फेनरागन १००, नुफिन १०० गरी ३०० एम्पुल बरामद गरेको छ । निजलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा गुरुङ समेतलाई पक्राउ गरिएको हो । दुवै विरुद्ध तनहुँ अदालतमा पाँच दिनको म्याद थप गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - १०:४४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology