Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

फागुपूर्णिमा आयोजित छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सम्पन्न

फागुपूर्णिमा आयोजित छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सम्पन्न

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
फागुपूर्णिमा आयोजित छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सम्पन्न
images

रंगहरुको पर्व फागुपूर्णिमा को अवसरमा आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित तनहुँको सबै भन्दा अग्लो चुचुरो छिम्केश्वरीमा छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ ।

कार्यक्रम गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण का मन्त्री रेशम बहादुर जुग्जालीको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री जुगजाली छिम्केश्वरीको पर्यटन विकासका लागि प्रदेश सरकारले ध्यान दिने बताए । कार्यक्रममा प्रदे सभा सदस्य हरी भण्डारीले छिम्केश्वरी गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सक्ने बताए ।

334979139_489854839857948_784523097352956744_n.jpg

कार्यक्रममा गाँउपालिका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरी क्षेत्रको विकासका लागि पालिकाले ३ तहकै सरकारसँग समन्वय गरेर काम अगाडी बढाएको बताए । कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल,प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्मा ,नेपाल पज्ञा प्रतिष्ठानका पाज्ञ सदस्यहरु ,साहित्यकार लगायतको सहभागिता रहेको थियो

334567861_195515246428777_3711408342213468670_n.jpg

ले समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटरको उचाइमा अवस्थित छिम्केश्वरीमा मेला सम्पन्न भएको हो । प्रदेश कै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं , राष्ट्रिय फुल लालिगुराँस संगै होली मनाऔं भन्ने नारा सहित फागुपूर्णिमा को दिन आँबुखैरेनी बाङमाय परिषद् को आयोजना आँबुखैरेनी गाउँपालिका वडा नं ५ र छिम्केश्वरी युवा क्लब को सह आयोजना तथा आँबुखैरेनी गाउँपालिका को संरक्षकमा मेला सम्पन्न भएको हो ।

334977091_605512464407947_5110723952996516004_n.jpg

कार्यक्रममा होलीको रमाइलो मेला सहित विभिन्न साहित्यिक तथा संस्कृतिक कार्यक्रम प्राकृतिक मनोरम दृश्य अवलोकन ,राष्ट्रिय तथा स्थानीय कलाकार ,कवि तथा साहित्यकारको प्रस्तुति रहेको थियो । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

334679559_734719835012280_9035404579877358008_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - १०:३४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology