धादिङ– बाघको छालासहित धादिङका ३ जना पक्राउ परेका छन्।
स्वयम्भूस्थित होटल प्लाजामा ४० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित धादिङका ३ सहित ४ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ रहेका छन्। त्यस्तै मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ रहेका छन्।
धादिङका व्यक्तिबाट टेकबहादुरले रु ३५ लाखमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ ।उक्त छाला रु ४० लाखमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।