Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामनाको राजमार्ग क्षेत्रमा चोरिको घटना बढ्यो, सिसि क्यामरामा चोरेको देखिन्छ तर समातिदैनन चोर

इच्छाकामनाको राजमार्ग क्षेत्रमा चोरिको घटना बढ्यो, सिसि क्यामरामा चोरेको देखिन्छ तर समातिदैनन चोर

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७९
इच्छाकामनाको राजमार्ग क्षेत्रमा चोरिको घटना बढ्यो, सिसि क्यामरामा चोरेको देखिन्छ तर समातिदैनन चोर
images

कुरिनटार । चितवनको इच्छाकामनामा पछिल्लो समय चोरिको घटना ह्वात्तै बधेको छ। देशकै लाइफलाइन राजमार्गमा प्राय सवारी साधननै प्रयोगगरेर चोरिको घटना भएपनी अहिले सम्म संबंधित निकायले चोरी नियन्त्रणको लागि भने ठोस कदम चालिएको छैन।

रातिको समयमा लामोदुरिका मालवाहक सवारी साधन जस्तै देखिने सवारिसाधन प्रयोग गरेर चोरिको घटनालाई अन्जाम दिदै आएका चोरहरु cc camera मा कैद भए पनि प्रहरिले खोजिमा त्यति धेरै चासो नदेखाएकोकारण चोरहरुको हौसला बढेको पिडित हरुले आरोप लगाएका छन।  फागुनमहिना लागेपछी मात्र इच्छाकामना वडा ३ र ४ मा मात्र ५ भन्दा धेरै चोरिको घटना बाहिर आइसकेको छ भने अझ धेरै घटना बाहिरै नआएको पाइएको छ।

१२ दिन अघिमात्र इच्छाकामना ३ कुरिनघाट स्थित दुर्गा किराना पसलमा एकजनाले चोरिको प्रयास गरे उनी पसल भित्र छिर्न सकेनन र बाहिरै भएको केही सामान लिगेर गए cc camera मा कैद भएका उनको अहिले सम्म पहिचान खुल्न नसकेको पसलका संचालकले जानकारी दिएका छन । 

त्यस्तै गत १६ गते कुरिनघाटबाटै ना ३ प ७२४५(कालाे राताे)पल्सर बाईक चाेरी भयो। राती सुतेको समयमा पार्किङ गरि राखिएको मोटरसाइकल चोरको अहिले सम्म पहिचान खुलेको छैन। चोरिको घटना त्यहामात्र रोकिदैन गत १९ गते राती कुरिनटार स्थिति त्रीवेणी ग्रील सटर उद्योगको ८ र १६ एम एम को ८ मुठा रड चोरी भयो। रातिको समयमा मिनि ट्रकमा लोडगरेर लगिएको रड कहाँ पुराए कस्ले चोरे अहिले सम्म अत्तोपत्तो नभएको संचालक रामहरी कंडेलले जानकारी दिएका छन। 

त्यस्तै गत राती वडा ४ कै शोभा हार्डवयरको आफ्नै आगनमा पार्किङ गरि राखेको डेलिभरी भ्यानको अतिरिक्त टायर चोरी भयो। मध्यरातमा गाडिमा झुण्डाइएको टायर चोरी गर्ने tata yodha गाडीको पहिचान खुलेपनि प्रहरिले अहिले सम्म गाडी नम्बर पत्तालगाउन नसकेको संंचालक प्रकाश सिलवालले जानकारी दिएका छन।

पछिल्लो समय राजमार्ग हुँदै हिड्ने सवारी साधन हरुले आसपास भेटिएको सामान चोरी गर्ने रोकि राखिएको सवारी साधन हरु बाट तेल चोरी गर्ने लगायतका चोरिको घटनामा वृद्धि भैरहेको भएपनी चोर भने समातिएको छैनन।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - २३:१२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology