Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

चितवनमा राहदानीको अग्रिम अनलाइन आवेदन भोलिदेखि खुल्ने

चितवनमा राहदानीको अग्रिम अनलाइन आवेदन भोलिदेखि खुल्ने

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७९
चितवनमा राहदानीको अग्रिम अनलाइन आवेदन भोलिदेखि खुल्ने
images

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राहदानीको अग्रिम अनलाईन आवेदन भोलि (बुधबार) दिउँसो १२ बजेदेखि खोल्ने भएको छ । प्रशासन कार्यालयले यसअघि एक महिनाको लागि तीन हजारको संख्यामा अनलाईन फारमको आवेदन खोलेको थियो । राहदानी सेवालाई सहज, सरल र झन्झटरहित बनाउन राहदानी विभागको निर्देशनका आधारमा कार्यालयले एकैचोटी ठूलो संख्यामा आवेदन खुलाउने व्यवस्था गरेको हो ।

उक्त आवेदन सकिएपछि पुनः अग्रिम आवेदन खोल्न लागिएको हो । कार्यालयले अब भने १० दिनको लागि करिब एक हजारको संख्यामा अग्रिम आवेदन खोल्न लागेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द वंश न्यौपानेले जानकारी दिए । कार्यालय खुल्ने दिन प्रति दिन १२० जनालाई सेवा दिनेगरी अग्रिम अनलाइन आवेदन खुलाइने उनले बताए ।

notice-721x768.jpg

 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - ०९:०६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology