Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारमा रहने कि छोड्ने ? निर्णय एमालेले बोलायो सचिवालय बैठक

सरकारमा रहने कि छोड्ने ? निर्णय एमालेले बोलायो सचिवालय बैठक

इच्छाकामना न्युज

१५, फाल्गुण २०७९
सरकारमा रहने कि छोड्ने ? निर्णय एमालेले बोलायो सचिवालय बैठक
images

काठमाडौं । नेकपा एमालेले बोलायो सचिवालय बैठक बोलाएको छ । अहिले बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बोलाइएको सो पार्टीकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

images
images

उनका अनुसार पार्टीको ग्रासरुट अभियानबारे छलफल गर्न बैठक बोलाइएको हो ।

तर अर्का एक नेताले दिएको जानकारीअनुसार नेकपा एमाले अब सरकारमा बस्नु हुँदैन भन्ने मत बढ्दो छ त्यसै विषयमा पनि छलफल हुनेछ ।

यसअघि आइतबार बेलुका परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले थप आक्रोशित छ ।

एमालेमा राष्ट्रपति निर्वाचनसम्म सरकारमा रहने र अहिले नै बाहिरिने भन्ने दुईथरी मत छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - १०:३१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology