आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४ बेनिटारबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पर्वतको मधुपुवा गाउँपालिका– ८ बस्ने २९ वर्षीय दिवश गुरङ र २४ वर्षीय बिशाल सुनारलाई करिब ७ केजी ३०५ ग्राम गाँजासहित पक्राउ गरेका हुन् ।
गएराती अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१३ प ६३६४ नम्बरको भिआर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दिवश गुरङले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।