Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीमा ज्यान मार्ने उद्योग गरी फरार रहेका ‘गैडे’ पक्राउ

आँबुखैरेनीमा ज्यान मार्ने उद्योग गरी फरार रहेका ‘गैडे’ पक्राउ

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७९
आँबुखैरेनीमा ज्यान मार्ने उद्योग गरी फरार रहेका ‘गैडे’ पक्राउ
images

आँबुखैरेनी । ज्यान मार्ने उद्योगमा फरार रहेका एक अभियुक्तलाई इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ बस्ने ३३ वर्षीय ‘गैडे’ भनिने मधुराम भुजेल रहेका छन् ।

ऑबुखैरेनी गाउँपालिका-३ का विष्णुप्रसाद जोशीलाई गत मंसिर १२ गते भुजेलले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घटनापश्चात फरार रहेका निजलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजविरुद्ध सोमबार नै तनहुँ अदालतबाट ज्यान मार्ने उद्योगमा म्याद थप गरिएको छ।

निज अभियुक्तले विभिन्न समयमा विभिन्न व्यवसायीलाई गुन्डागर्दी शैली धम्क्याउँदै आएको प्रहरीको भनाई छ ।

 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - २१:५८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology