सानोभञ्ज्याङ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ को वडा कार्यालय भवनमा अब विद्यालय संचालन हुने भएको छ । उक्त कार्यालयमा नयाँ शैक्षिक सत्रदेखि इन्द्रदेवी आधारभूत विद्यालयले कक्षा संचालन गर्न लागेको हो ।
सो वडामा रहेको इन्द्रदेवी आधारभूत विधालयको भवन जिर्ण भएको, खेल मैदान समेत प्रर्याप्त नभएको र वडा कार्यालयको भवन राम्रो भएकाले वडाको भवनमा विद्यालय सार्ने निर्णय गरेको वडा अध्यक्ष सन्तोष गुरुङले बताए ।
विद्यालय शैक्षिक सुधार कार्यक्रमको लागी ५ न वडा कार्यालयमा अर्को व्यवस्था नहुदाँसम्म इन्द्रदेवी आधारभूत विधालय सञ्चालन गर्ने निर्णय गरेको समेत अध्यक्ष गुरुङले बताए । आधुनिक भवनमा विद्यालय राख्ने र विद्यालयको पुरानो भवनमा वडा कार्यालय संचालन हुने गाँउ पालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
वडा कार्यालयको आधुनिक भवन भएपनि विद्यालयको भवन भने जिर्ण रहेको थियो ।