Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले अब आफ्नो छोराछोरी निजि विद्यालयमा पढाउन नपाउने

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले अब आफ्नो छोराछोरी निजि विद्यालयमा पढाउन नपाउने

अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने कार्यपालिकाको निर्णय

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७९
आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले अब आफ्नो छोराछोरी निजि विद्यालयमा पढाउन नपाउने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले अब आफ्नो छोराछोरी निजि विद्यालयमा भर्ना गर्न नपाउने भएका छन् । आज बसेको गाउँ कार्यपालिका बैठकले जनप्रतिनिधिको छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो । 

यो निर्णय सँगै जनप्रतिनिधिको छोराछोरी निजि विद्यालयमा भर्ना गर्न नपाईने भएको हो । यो निर्णय आगामी नयाँ शैक्षिक शत्र २०८० बाट लागु गरिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 

सामुदायिक विद्यालयलाई सुधार गर्ने उद्देश्य राखेर जनप्रतिनिधिहरुले  बालबच्चा हरूलाई अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा अध्ययन गराऊने निर्णय गरेको अध्यक्ष चुमानले बताए ।

आबुखैरेनी गाँउपालिकामा  ३२ जना जनप्रतिनिधिहरु रहेका छन् । आँबुखैरेनी गाँउपालिकामा  ३५ वटा सामुदायिक विद्यालयमा करिब  विद्यार्थी ४३ सय  विद्याथी रहेका छन् ।  सामुदायिक विद्यार्थीलाई विद्यालय आउन सहजताका लागि गाँउपालिकाको शत प्रतिशत अनुदानमा स्कुल बस समेत हस्तान्तरण गर्ने तयारी गरिएको पनि अध्यक्ष चुमानले बताए ।

पहिलो चरणमा पालिकाका ३ देखि ५ वटा विद्यालयलाई बस हस्तान्तरण गर्ने तयारी रहेको उनले बताए ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७९ आइतवार - १९:०१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology