भाराङ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १ स्थित भाराङ कोलभञ्ज्याङ्गमा ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बिहिबार एक कार्यक्रमका बिच समुद्घाटन गरेका छन् ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष सिलवालले तालिममा सिकेका शिपलाई व्यवहारमा लागु गरी साना उद्यमी बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले तालिम लिएर व्यवहारमा उतारी उद्यमी बन्न सके आफ्नै आम्दानीको स्रोत बढ्ने भएकोले राम्रोसँग सिप सिक्नुपर्ने बताए । तालिम पश्चात उद्यमी बन्न चाहने महिलाहरुलाई गाउँपालिकाले सहयोग गर्ने पनि बताए । साथै तालिमले महिला दिदि बहिनीहरुलाई आत्मनिर्भर बनाउने पनि उनले बताए ।
गरिवि निवारण लघुउद्यम कार्यक्रम अन्तर्गत संचालित तालिममा स्थानीय २० जना महिलाहरु सहभागी रहेको कार्यक्रमका फोकल पर्सन रिता अर्याल नेपालले जानकारी दिए ।