आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट अवैध लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो अन्दाजी २ बजेतिर आँबुखैरेनी गाउँपालिका ४ बेनिटार पुलजिप स्थित चेकपोष्टमा नियमित चेकजाँचको क्रममा भैरहवाबाट बाग्लुङ आउदै गरेको ग १ ख ९०९५ नं. को यात्रुबाहक बसमा यात्रारत एक जनालाई प्रहरी अवैध लागुऔषध सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका ३ दुलेगौडाका वर्ष २३ को लक्ष्मण विक रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी जानकारी दिएको छ । प्रहरीका अनुसार निजको साथबाट नाइट्राभ्याट–१० लेखिएको अवैध लागुऔषध २३७ ट्याबलेट बरामद गरेको छ ।
पक्राउ परेका विकलाई जिल्ला अदालत तनहुँबाट लागुऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय आबुखैरेनीले जानकारी दिएको छ ।