Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भव्य कार्यक्रमको आयोजना गरि गोरखाको गण्डकी गाउँपालिकामा जनयुद्ध दिवस मनाईयो

भव्य कार्यक्रमको आयोजना गरि गोरखाको गण्डकी गाउँपालिकामा जनयुद्ध दिवस मनाईयो

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
भव्य कार्यक्रमको आयोजना गरि गोरखाको गण्डकी गाउँपालिकामा जनयुद्ध दिवस मनाईयो
images

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको छ । सहिद ,बेपत्ता द्धन्द्ध पीडित, संघसंस्थालाई जग्गा दान गर्ने व्यक्तित्वहरु, पूर्व जनप्रतिनिधि, गत बर्ष एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एक/एक जना छात्र /छात्रा तथा विषयगत शिक्षक, गत बर्ष गाउँपालिकाबाट लिएको आधरभूत तह (कक्षा १–८)मा उत्कृष्ट नतिजा ल्याउने एक÷एक जना छात्र÷छात्रा,उत्कृष्ट नतिजा ल्याउने एक विद्यालय तथा विषयगत शिक्षक र तेश्रो रष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

images
images

साथै सो अवसरमा संघिय लोकतान्त्रितक गणतन्त्रात्मक राज्य स्थापनाका लागि जनयुद्ध र जनआन्दोलनको भूमिका विषयमा अन्तर मावि स्तरिय कविता प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका थिए ।

गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाको सभापतित्व तथा उपप्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्री नरायणकाजी श्रेष्ठ प्रकाशको प्रमुख र पूर्व संघिय सांसद हरिराज अधिकारीको विशिष्ट अततिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - ०९:३०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology