Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माविलाई

आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माविलाई

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माविलाई
images
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माध्यमिक विद्यालयले जितेको छ । “स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद” भन्ने नाराका साथ आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आँबुखैरेनी–३ स्थित रामशाह मावि र फ्युचर स्टार बोर्डिङ्ग स्कुलको खेल मैदानमा माघ २८ देखि फागुन १ गते सम्म भएको आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामशाह मावि प्रथम भएको हो ।
 
गाउँपालिका भित्रका ५ वटा संस्थागत र ६ वटा सामुदायिक विद्यालय गरी ११ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा १० स्वर्ण, ६ रजत र ५ कास्य पदक गरी २१ अङ्कका साथ रामशाह माविले चौथो राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो ।
 
प्रतियोगितामा मित्रता मावि आँबु–१, सत्रसय ८ स्वर्ण, ८ रजत र ३ कास्य पदक गरी १९ अङ्कका साथ दोस्रो भएको छ । फ्युचर स्टार बोर्डिङ्ग स्कुल ३ स्वर्ण, २ कास्य पदक गरी ५ अङ्कका साथ तेस्रो भएको शिक्षा शाखाका प्रमुख निर्मला कुवँरले जानकारी दिनुभयो ।
 
भलिबल, हाईजम्प, लङजम्प, ट्रिपल जम्प सटपुट, दौड, ज्याबलिङ थ्रो एथलेटिक्स विधामा गरी जम्मा २६ वटा इभेन्टहरूमा भएको प्रतियोगितामा प्रथम हुने रामशाह माविले नगद २५ हजार नगद, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ । दोस्रो हुने मित्रता माविले नगद २० हजार, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ भने तेस्रो हुने फ्युचर स्टार बोर्डिङ्ग स्कुलले नगद १० हजार नगद र प्रमाण पत्र पाप्त गरेको छ ।
 
विजयी विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख गायत्री राज शर्मा, वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ्ग, आँबुखैरेनी विकास बोर्डका सदस्य सचिव किशोर सुवेदी लगाएतले पुरस्कार वितरण गर्नु भएको थियो ।
 
प्रतियोगितामा एक्टिभ ग्रिनल्याण्ड इंग्लिस बोर्डिङ्ग स्कुलले २ स्वर्ण २ रजत, मस्र्याङ्गदी बालज्योती इंग्लिस बोर्डिङ्ग स्कुलले २ स्वर्ण, ३ रजत, ७ कास्य, कन्यादेवी माविले १ स्वर्ण, ३ रजत, छिम्केश्वरी माविले २ रजत, ५ कास्य, चन्द्रोदय माविले २ रजत, ३ कास्य, लक्ष्मी माविले १ कास्य पदक प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
 
प्रतियोगिताको माघ २८ गते शनिबार एक समारोहका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातयात व्यवस्था मन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - ०९:१३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology