Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी प्रहरीद्वारा मापसे गरी हातपात र सवारी दुर्घटना गराई फरार २ जना पक्राउ

आँबुखैरेनी प्रहरीद्वारा मापसे गरी हातपात र सवारी दुर्घटना गराई फरार २ जना पक्राउ

images

इच्छाकामना न्युज

२९, माघ २०७९
आँबुखैरेनी प्रहरीद्वारा मापसे गरी हातपात र सवारी दुर्घटना गराई फरार २ जना पक्राउ
images
 
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ चिसापानीमा मा.प.से. गरी हातपात र सवारी दुर्घटना गराई फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पृथ्वीराजमार्ग सडक-खण्डमा डुम्रेतर्फ बाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग.१ क ४१८६ नं. को मिनी ट्रकलाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३००१ ख. ०९६७ नं. को ट्रकले ठक्कर दिई दुर्घटना गराई दुर्घटनाग्रस्त सवारी साधनका चालकलाई हातपात समेत गरी घाइते बनाई सवारी साधन सहित फरार रहेका उक्त ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 
पक्राउ पर्ने चितवन, राप्ती न.पा. वडा न. ४ धुसरी बस्ने चालक बर्ष १९ को झलक बहादुर श्रेष्ठ र सह-चालक वडा न. ८ खुरखुरे बस्ने बर्ष २२ को सुमन वि.क. लाई आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनिटारबाट नियन्त्रणमा लिई उनिहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँबाट मुलुकी फौजदारी संहिता २०७४, बमोजिम म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - २२:२३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology