आँबुखैरेनी, २९ माघ । तनहुँको आँबुखैरेनीबाट आइतबार घाइते मृगको बच्चालाई उद्वार गरिएको छ। आँबुखैरेनी गाउँपालिका वडा नं. ३ निवासी अमृत खत्री के.सीले रामशाह घाट्मा बिहान ८ बजेको समयमा घाइते अवस्थामा रहेको भाले मृगको बच्चालाई उद्वार गर्नुभएको हो ।
उद्वार गरिएको घाइते मृगको बच्चालाई आँबुखैरेनी गाउँपालिका पशु सेवा शाखाबाट उपचार गरि सब(डिभिजन वन कार्यालय बिमलनगरलाई बुझाई उक्त मृगलाई साँझ ६ बजे बासस्थान सुहाउँदो ठाउँमा लगेर छाडिएको पालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले जानकारी दिनुभयो ।