आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितमा मित्रता मावि पाँच स्वर्ण पदक सहित शीर्ष स्थानमा छ । शनिबार सम्पन्न भएका खेलमा पाँच स्वर्ण पदक जितेर मित्रताले पहिलो स्थान कायम गरेको हो ।

प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन शनिबार लङजम्प, हाइजम्प, सटपुट, त्रिपल जम्प खेल सम्पन्न भएको छ ।
राम शाह मावि दुई स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर दोस्रो स्थानमा रहँदा एक्टिभ ग्रिनल्याण्ड बोर्डिङ स्कूल एक स्वर्ण र एक रजत पदक सहित तेस्रो स्थानमा छ ।
