Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमू विद्यार्थी छोँज धीँको स्थापना दिवसमा दीप प्रज्वलन 

तमू विद्यार्थी छोँज धीँको स्थापना दिवसमा दीप प्रज्वलन 

images

इच्छाकामना न्युज

२६, माघ २०७९
तमू विद्यार्थी छोँज धीँको स्थापना दिवसमा दीप प्रज्वलन 
images

चितवन। नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति चितवनले संस्थाको २७औँ स्थापना दिवस मनाएको छ । बिहीबार भरतपुरमा दीप प्रज्वलन गरेर स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष सुमित गुरूङले जानकारी दिए। स्थापना दिवसको अवसरमा महाबौद्ध गुम्बा, तीनखोले परिसरमा भेला भएका विद्यार्थी र तिनका अभिभावक संस्थाका प्रतिनिधिहरूले एकापसमा शुभकामना आदानप्रदान गरेका थिए। 
 
तमू विद्यार्थीको स्थापनाले तमू समुदायको हरेक गतिविधिमा सहयोग पुगेको तमू ह्युल छोँज धीँ चितवनका वरिष्ठ उपाध्यक्ष एवम् उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णबहादुर गुरूङले बताए। आफू पनि विद्यार्थी संस्थाबाटै सामाजिक कृयाकलापमा सहभागी भएको उदाहरण दिँदै उनले भने, ‘समाज के हो भन्ने कुरा विद्यार्थीबाटै सिकेर आउँदा पछि सहज हुने रहेछ। विद्यार्थीबिना मातृ संस्था चल्न पनि गाह्रो हुने रहेछ।’  

छोँज धीँका केन्द्रीय महासचिव पवन गुरूङले विद्यार्थी उमेरमै आफ्नो हक अधिकार तथा संस्कार, संस्कृति सिकाउने काममा छोँज धीँले विशेष भूमिका खेलेको बताए। विद्यार्थीमार्फत विभिन्न स्थानमा छरिएर रहेका तमू समुदायलाई एकै ठाउँमा उभ्याउन पनि छोँज धीँले मद्दत पुगेको उनको भनाइ छ। 

Student.jpg

छोँज धीँ चितवन जिल्लाका अध्यक्ष सुमित गुरूङले हरेक वर्ष माघ २६ गते स्थापना दिवस मनाउँदै आएको बताए। स्थापना दिवस मात्रै मनाउँदा पनि गुरूङ विद्यार्थीको क्रियाशीलतामा सहयोग पुगेको उनको भनाइ छ। 
 
कार्यक्रममा छोँज धीँका केन्द्रीय उपमहासचिव विशाल गुरूङले समेत शुभकामना दिएका थिए। वि.सं.२०५२ सालमा स्थापना भएको छोँज धीँ देशभरका अधिकांश जिल्लामा शाखा गठन भइसकेको छ। 

स्थापना दिवसकै अवसर पारेर नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनकी निवर्तमान उपाध्यक्ष अञ्जली गुरूङको निधनप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेको छ। तमू विद्यार्थीमा आवद्ध भई लामो समयसम्म समाजिक कार्यमा सहभागी भएकी गुरूङको यही माघ २२ गते अल्पायुमै निधन भएको थियो। 

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - १९:३२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology