Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको छिम्केश्वरी माविमा विद्यालय व्यवस्थापन समिति गठन : अध्यक्षमा सृजना खवास चयन

तनहुँको छिम्केश्वरी माविमा विद्यालय व्यवस्थापन समिति गठन : अध्यक्षमा सृजना खवास चयन

इच्छाकामना न्युज

२६, माघ २०७९
तनहुँको छिम्केश्वरी माविमा विद्यालय व्यवस्थापन समिति गठन : अध्यक्षमा सृजना खवास चयन
images
तनहुँ । जिल्लाको पूर्वी भेगमा रहेको छिम्केश्वरी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ। विद्यालयका अभिभावक सृजना खवासको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो।
 
सदस्यहरुमा तेसबहादुर सोमै, रितु थापा, देवनारायण खवास, विष्णु खवास, वडा प्रतिनिधि, शिक्षक प्रतिनिधि, प्रधानाध्यापक सदस्य सचिव रहेका छन्। बिहीबार भएको भेलाले शिक्षक अभिभावक संघसमेत गठन गरेको छ।
 
जसको अध्यक्षमा विमला आलेमगर चयन भएका छन्। तिलक थापा, मिनबहादुर सुनारी, लक्ष्मी मश्राङ्गीलगायत ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको विद्यालयका सहायक प्रधानाध्यापक काशीनाथ देवकोटाले जानकारी दिए।
 
कार्यक्रममा आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विद्यालयको शैक्षिक सुधारका लागि फागुन महिनादेखि द्रुत गतिमा कामको थालनी गर्ने बताए। गाउँपालिकाको शैक्षिक सुधारका लागि आफू पालिकाबाट सबै खालको पहल गरिने उनको भनाइ थियो। 
 
 
 
 

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - १९:०८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology