Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तेस्रो इच्छाकामना गापा स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, कुरिनटारको सर्वशान्ति मावि प्रथम

तेस्रो इच्छाकामना गापा स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, कुरिनटारको सर्वशान्ति मावि प्रथम

images

इच्छाकामना न्युज

२६, माघ २०७९
तेस्रो इच्छाकामना गापा स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, कुरिनटारको सर्वशान्ति मावि प्रथम
images

कुरिनटार । चितवनको कुरिनटारमा जारी इच्छाकामना गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न खेलकुद प्रतियोगिता गर्दै बुधबार सम्पन्न भएको प्रतियोगितामा कुरिनटारको सर्वशान्ति मावि प्रथम भएको छ । 

प्रतियोगितामा प्रथम भएको सर्वशान्ति माविले ३ स्वर्ण ४ रजत र ३ कास्य सहित १० पदक जितेर प्रथम भएको थियो । प्रतियोगितामा ग्रिनफिल्ड मावि मुग्लिन र प्रगती पाठशाला कुरिनटार समान ६ पदक सहित दोस्रो भएको छ । दुवै विद्यालयले समान २ स्वर्ण, २ रजत र २ कास्य पदक जिते । 

330175744_870554350897491_6800243684466070762_n.jpg

यस्तै तेस्रो स्थानमा रहेको माझगाउँ माविले २ स्वर्ण जितेका छन् । ९ वटा विद्यालय सहभागी प्रतियोगीतामा १ स्वर्ण, १ रजत, २ कास्य सहित ४ पदकका साथ त्रिवेणी बराह मावि मुग्लिन चौथो, १ स्वर्ण, १ रजत, १ कास्य सहित ५ पदकका साथ मस्र्याङ्गदी शिक्षा सदन पाचौं, १ रजत, २ कास्य सहित २ पदकका साथ राष्ट्रिय मावि हात्तिवाङ छैंटौ स्थानमा रहेका थिए भने प्रतियोगितामा सहभागी गर्दाश मावि गर्दास र जनप्रिय मावि काउले पदक विहिन बन्न पुगेको छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभाध्यक्षमा सम्पन्न प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुद नारायण अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । 

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - ०९:१६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology