Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित १ जना पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित १ जना पक्राउ

images

इच्छाकामना न्युज

२४, माघ २०७९
आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित १ जना पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत बस्ने २२ वर्षीय रविन किसन रहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट बाग्लुङ तर्फ जॉदै गरेको ना ५ ख ४९६७ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार किसनलाई लागुऔषध सहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जानकारी दिएको छ ।

निजको साथबाट प्रहरीले डाइजेपाम, फेनरागन, नुफिन लगायत दुई सय ६ थान लागुऔषध बरामद गरेको छ । निजविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - २२:४०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology