Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पछिल्ला १० वर्षमा साढे १३ प्रतिशत जनसङ्ख्याले कृषि पेशा छाडे

पछिल्ला १० वर्षमा साढे १३ प्रतिशत जनसङ्ख्याले कृषि पेशा छाडे

सिआईएन

२३, माघ २०७९
पछिल्ला १० वर्षमा साढे १३ प्रतिशत जनसङ्ख्याले कृषि पेशा छाडे
images

सुसिला श्रेष्ठ, काठमााडौँ । पछिल्ला १० वर्षमा साढे १३ प्रतिशत जनसङ्ख्याले कृषि पेशा छाडेका छन् । आर्थिक वर्ष २०६८/०६९ मा ७३ दशमलव ९ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेकोमा सो दर अहिले घटेर ६० दशमलव ४ प्रतिशतमा झरेको छ ।

images
images

यसो हुनुको एक मूख्य कारण उत्पादनले उचित मुल्य नपाएको किसानको भनाइ छ । सरकारले कृषिको व्यावसायिकरण र बजारीकरणको कुरा गरिरहँदा किसान भने मूल्य नपाएर सडकमा तरकारी फालिरहेका छन् ।

कृषि बजार नहुनु र भारतबाट आयात हुने तरकारीले बजार लिँदा सर्वसाधारण नागरिकले कृषि पेशा छाड्ने क्रमे बढेको राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो ।

बजारको अभावसँगै बिचौलियाका कारण पनिकिसानले कम मूल्य पाउने गरेका छन् भने उपभोक्ताले महङ्गोमा किन्नुपर्ने बाध्यता छ । कृषि उपजबाट किसानलेवास्तविक मूल्य पाउन खासगरि स्थानीय तहले हाट बजारको व्यवस्थागर्नुपर्ने कृषि विज्ञ चित्रनाथ पौडेलको भनाइ छ ।

नेपालमा बर्सेनि २ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात हुने गरको छ । नेपालमै उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि प्रभावकारी योजना कार्यान्वयन गरे ५० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने विज्ञहरू बताउँछन् ।

images
प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - ०९:५७:३५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology