Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाका ८१ बर्षिया लाल बहादुर घर्तीले तीन बर्षपछि फेरी संसार देख्न पाएपछि...

इच्छाकामनाका ८१ बर्षिया लाल बहादुर घर्तीले तीन बर्षपछि फेरी संसार देख्न पाएपछि...

images

इच्छाकामना न्युज

२२, माघ २०७९
इच्छाकामनाका ८१ बर्षिया लाल बहादुर घर्तीले तीन बर्षपछि फेरी संसार देख्न पाएपछि...
images

हिरालाल गुरुङ, कुरिनटार । दोश्रो पटक आँखाको ज्योति पाउनुभएका चितवनको इच्छाकामना २ का ८१ बर्षिया लाल बहादुर घर्तीको खुशीको सीमा नै छैन । चार बर्षपछि आँखाको ज्योति फर्किएपछि उहाँ खुशी हुनुभएको हो ।

मोतियाविन्दुको अप्रेशनपछि आँखामा लगाएको पट्टी खुल्दा आफु अगाडी श्रीमती, छोरा र बुहारी देख्दा दंग पर्नुभयो । विवाह भएर जानुभएका छोरीलाई झट्ट हेर्दा सुरुमा चिन्न गाह्रो भएको उहाँले बताउनुभयो ।

आँखाको ज्योति पाएपछि उहाँले सहयोग गर्ने संस्था र गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई धन्यावाद दिनुभयो । लाल बहादुर मात्र होइन चितवनको इच्छाकामनाका सात वटै वडाका सय भन्दा बढीले गुमेको आँखाको ज्योति पाएका छन् ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बाँकी रहेका सबै आँखाका रोगीहरुलाई पुनः  शिविर सञ्चालन गरि उपचार गरिने बताउनुभयो । अध्यक्ष गुरुङले भरतपुर आँखा अस्पताल र सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवनलाई धन्यावाद दिनुभयो । भरतपुर आँखा अस्पताल र सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवनकै कारण गाउँपालिकाले इच्छाकामनामै अप्रेशन सहितको सेवा दिन सफल भएको बताउनुभयो । 

उहाँले यस अघि मोतियाविन्दुको अप्रेशन गर्न भरतपुर जानु पर्ने अवस्था रहेकोमा पालिकामै सेवा दिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा अन्य रोगका विरामीहरुका लागि गाउँगाउँमै स्वास्थ्य शिविरहरु अयोजना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले इच्छाकामना अस्पताल भवन बनाउने प्रयास भइरहेको बताउनुभयो । थुप्रै अवरोधकाबिच जग्गा प्राप्ती लगायत आवश्यक बजेटको व्यवस्था गर्न सफल भएको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले अन्धाकारमा रहेकाहरुलाई पुनः संसार देखाउने यो अभियान निकै महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले शिविरले आफुहरुको समेत आँखा खुलेको बताउदैँ यस्ता महत्वपूर्ण अन्य विद्याका कार्यक्रमहरु सञ्चालन गर्ने प्रेरणा मिलेको बताउनुभयो । उहाँले अन्य विद्याका शिविर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुनः आँखाको ज्योति पाउनुभएका सबै बाआमाहरुलाई बधाई दिनुभयो ।

सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवनका राजु बन्धु गौतमले २०२३ मा मात्र यस संस्थाले चार हजार जनालाई सेवा दिसकेको बताउनुभयो । यस अघि स्याङजाको हरिनाथ गाउँपालिकाका र तनहुँको भानु नगरपालिकामा शिविर सञ्चालन गरिसकेको बताउनुभयो । 

हरिनाथ गाउँपालिकामा ५७ र भानु नगरपालिकामा १८१ जनाको मोतियाविन्दुको अप्रेशसन गरिएको उहाँले बताउनुभयो । उहाँले आफुहरुको अभियानमा साथ दिएकोमा गाउँपालिकाका जनप्रतिनिधहरु र स्वास्थ्यकर्मी कर्मचारी र स्थानीयलाई धन्याद दिनुभयो । भोली सोमबारसम्म शिविर चल्ने भएकाले जतिसक्दो धेरै जनाले सेवा प्राप्त गर्न सफल होस् भनी शुभकामना समेत दिनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले आँखाको ज्योति नहुदाँ दिनरात छुट्याउन नसक्दा अत्यन्त चोट र ठक्कर खाएर जीवन व्यातित गरिरहनुभएकाहरुलाई नयाँ जीवन दिलाउने काम भएको बताउनुभयो । आफु जीवनमा सबै भन्दा आज खुशी भएको र ठूलो पुण्य काम गरेको महशुस भएको बताउनुभयो । एक हप्ता देखी कसरी र सकेसम्म कती धेरै जनतालाई सेवा दिने भन्नेमा आफुहरु लागी परेको बताउनुभयो ।

सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा मोतियाविन्दुको निःशुल्क अपरेशन सेवा सहितको आखाँ शिविर संचालन भइरहेको छ । जनस्वास्थ्य निरिक्षक नवराज अधिकारीका अनुसार २० गतेदेखि शुरु भएको शिविर भोली २२ गते सम्म चल्ने छ।

उहाँका अनसार आइतबार सम्म १४७ जनाले जनाले आँखाको निशुल्क अप्रेसन गरेका छन् भने एक हजार २२७ जनाले आँखा जाँच गराएका छन् । 

गाउँपालिकाले कुरिनटार अस्पताल सम्म आउनका लागि सवारीको समेत व्यवस्था गरेका छन् । अप्रेशन गरेका विरामीहरुलाई खानाको समेत व्यवस्था गरिएको छ ।

images
प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - २१:५७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology