Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी अस्पतालसँगको सहकार्यमा आँबुखैरेनी ट्राफिक र इलाका प्रहरीको संयुक्त आयोजनामा सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

आँबुखैरेनी अस्पतालसँगको सहकार्यमा आँबुखैरेनी ट्राफिक र इलाका प्रहरीको संयुक्त आयोजनामा सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

images

इच्छाकामना न्युज

२१, माघ २०७९
आँबुखैरेनी अस्पतालसँगको सहकार्यमा आँबुखैरेनी ट्राफिक र इलाका प्रहरीको संयुक्त आयोजनामा सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण
images

तनहुँ । ट्राफिक प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त आयोजना तथा आँबखुैरेनी अस्पतालको सहयोगमा ७० जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । शुक्रबार आँबुखैरेनी गाँउपालिकास्थित अस्थायी ट्राफिक पोष्टको प्राङ्गढमा चालक तथा सहचालकको रक्तचाप, मधुमेह लगाएतका स्वास्थ्य परिक्षण गरी उनिहरुलाई विभिन्न प्रकारका परामर्श दिईएको हो ।

IMG_20230203_102609-1536x1153.jpg

दिनहू जसो हुने सवारी दुर्घटनाको प्रमुख कारण मध्ये चालकको स्वास्थ्य अवस्था ठिक नहुनुपनि प्रमुख भएकोले चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षणको लागि शिविरको आयोजना गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरक्षिक गायत्रिराज शर्माले बताउनुभयो ।

शिविरमा ७० जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण भएको र स्वास्थ्य परिक्षणको क्रममा धेरै जसोमा उच्च रक्तचापको समस्या देखिएको आँबुखैरेनी अस्पतालका चिकित्सक डा.अभिनास कुमार रौनियारले बताए । उच्च रक्तचाप भएका सवारी चालकहरुले नियमित स्वास्थ्य परिक्षण गर्नुपर्ने, धुम्रपान तथा मद्यपान गर्न नहुने, लामो दुरीको यात्रा गर्दा ठाउठाउमा आराम गरेरमात्र सवारी चलाउनुपर्ने लगाएतका परामर्श दिएका थिए ।

IMG_20230203_094849-1024x576.jpg

त्यस्तै कार्य व्यस्तता र समय अभावका कारण नियमित स्वास्थ्य परिक्षण गराउन नपाएका चालकहरुले निशुल्क रुपमा स्वास्थ्य परिक्षण तथा डाक्टरको परामर्श पाएकोमा चालक तथा सहचालकहरुले खुसी व्यक्त गरेका छन् ।

लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको अस्थायी ट्राफिक पोष्ट आँबुखैरेनीका प्रमुख प्रहरी सहायक निरिक्षक विष्णु मग्रातिले जानकरी दिनुभयो । दुर्घटना न्युनिकरणको लागि चालक तथा सहचालकको स्वास्थ्य परिक्षण, यान्त्रीक परिक्षण लगायतका कार्यक्रमरु सञ्चालन गरिने ट्रा.प्र.स.नि.मग्रातिले बताए ।

IMG_20230203_091739-1024x576.jpg

images
प्रकाशित मिति :माघ २१, २०७९ शनिवार - ०७:२९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology