Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको चण्डिभञ्ज्याङ्गमा निःशुल्क आँखा शिविर, १५९ जनाले गरे परीक्षण

इच्छाकामनाको चण्डिभञ्ज्याङ्गमा निःशुल्क आँखा शिविर, १५९ जनाले गरे परीक्षण

images

इच्छाकामना न्युज

२०, माघ २०७९
इच्छाकामनाको चण्डिभञ्ज्याङ्गमा निःशुल्क आँखा शिविर, १५९ जनाले गरे परीक्षण
images

चण्डिभञ्ज्याङ्ग । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चण्डिभञ्ज्याङ्ग निःशुल्क आँखा जाँच शिविर संचालन भएको छ । सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको विभिन्न स्थानमा आजदेखि सुरु भएको शिविर अभियानमा पहिलो दिन वडा नं. ५ स्थित पामडाँडा स्वास्थ्य चौकी र चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा संचालन भएको हो ।

328459548_1131132794241293_2959334812487998314_n.jpg

शिविर अन्तर्गत चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा संचालित शिविरमा १५९ जनाको आँखा जाँच गरिएको चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीका इन्चार्ज भक्त बहादुर गुरुङले जानकारी दिए। उनका अनुसार शिविरमा स्वास्थ्य परिक्षण गरिएका मध्य २९ जनालाई मोतियाविन्दुको अपरेशनको लागि सिफारिश गरिएको छ । साथै १ सय जना भन्दा बढिलाई निःशुल्क चश्मा समेत वितरण गरिएको उनले बताए ।

328626129_720120786281843_4027334223091321364_n.jpg

गाउँपालिकाले आजदेखि संचालन गरेको शिविर २३ गतेसम्म संचालन हुनेछ भने हात्तीवाङ, तल्लो काउले र कुरिनटारमा समेत शिविर संचालन हुनेछ । साथै कुरिनटारमा २१ गतेदेखि मोतियाविन्दुको निःशुल्क अपरेशन पनि सुरु हुने गाउँपालिाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिए । 

329285626_1157967051571214_9128561604847712628_n.jpg

327757167_725247975871345_1413012198525639926_n.jpg

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - २१:५३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology