कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न स्थानमा मोतियाविन्दुको निःशुल्क अपरेशन सेवा सहितको आखाँ शिविर आजदेखि सुरु हुने भएको छ । सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा शिविर संचालन हुन लागेको हो।
शिविरको पहिलो दिन आज इच्छाकामना ५ मा रहेको पामडाडा स्वास्थ्य चौकी र इच्छाकामना ६ को चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीमा शिविर संचालन हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिए।
शिविर यहि माघ २०, २१, २२ र २३ गते संचालन हुनेछ ।
